एकतर्फि माया बारे मेरो अनुभव
प्रेम यस्तो चिज हो जुन तपाईंले चाहेर या नचाहेर हुँदैन।यो त बस यसै भैदिन्छ। भगवान श्री कृष्णका अनुसार प्रेम संसारको सबैभन्दा पवित्र बन्धन हो। अनि साच्चिकै भन्नु पर्दा प्रेम बन्धन मुक्त पनि हो।प्रेम त्यस्तो शक्ति हो जसले संसारका हरेक बन्धनहरुलाई तोड्न सक्छ अनि आफु कुनै बन्धनमा बाँधिदैन।
आज हामी एकतर्फि प्रेमको बारेमा चर्चा गर्नेछौं। आज हामी एकतर्फि प्रेममा पर्दा कस्तो महसुस हुन्छ? एकतर्फी प्रेमलाई कसरी दुई तर्फि बनाउने ? बारेमा बुझ्ने कोसिस गर्नेछौं। एकतर्फि प्रेमलाई परिभाषित गर्न अलिक कठिन छ। कहिलेकाहीं हुन सक्छ कि, तपाईं जसलाई प्रेम गर्नुहुन्छ ऊ अरु कसैलाई पनि प्रेम गर्दैन र तपाईलाई पनि गर्दैन। तर कहिलेकाँही यस्तो पनि हुन सक्छं कि,तपाईंले प्रेम गरेको व्यक्तिले अरु कसैलाई प्रेम गर्छ अनि तपाईलाई गर्दैन। कसैलाई प्रेममा पारेर धोखा दिनु पनि एकतर्फि प्रेम अन्तर्गत नै पर्दछ। अर्थात् छुटेको माया पनि यसै अन्तर्गत पर्दछ।
एकतर्फी प्रेम पनि गजबको हुन्छ। प्रेम गर्ने मान्छे बाहिरबाट त खुशी देखिन्छ तर भित्रभित्रै प्रेमको बदलामा प्रेम चाहेर रोई रहेको हुन्छ। जब कुनै केटा वा केटी एक्लै मात्र प्रेम गर्छ भने त्यसलाई एकतर्फि प्रेम भनिन्छ। एक हिसाबले यस्तो प्रेम अजबको हुने गर्छ। परिस्थितिहरू अलग हुन सक्छन्, तपाईं जसलाई प्रेम गर्नुहुन्छ उसले तपाईलाई चिन्दा पनि नचिन्ने हुनसक्छ। या चिने पनि तपाईंहरू बीच खास नजिकको मित्रता नहुन सक्छ। अनि कहिलकाहीं, तपाईंहरू नजिकका साथी हुन सक्नुहुन्छ तर तपाईंहरुमा एकजनामा मात्र प्रेमभाव आउन सक्छं। यस्तो एकतर्फी प्रेम कलेज, कोचिङ,कार्यालय या आफ्नो गाउँ सहर जहाँ पनि हुन सक्छ।
एकतर्फि प्रेममा पर्दा फरक किसिमको महसुस हुनेगर्छ।दिल अनि दिमागमा जतिखेरैैं अलिकति डर रहिरहन्छ। एकतर्फि प्रेम गर्ने व्यक्तिलाई यो थाहा हुँदैन कि, जसलाई उसले प्रेम गर्छ त्यसको बदलामा उसले अर्को तर्फबाट प्रेम पाउँछ या पाउँदैन। अनि जसलाई उसले प्रेम गर्छ उसले आफ्नो बारेमा के सोच्छ होला भन्ने उत्सुकता अनि डरले हरदमै दिलमा डेरा बनाई राख्छ। एकतर्फि प्रेममा जलन महसुस हुनु सामान्य कुरा हो। जब आफूले चाहेको मान्छे अरु कसैसँग कुरा गरी रहेको देखिन्छ तब आफ्नो दिलमा आगो लागेझैँ हुने गर्दछ। समस्या यहाँ हुने गर्छ कि न त आफू उसलाई केही भन्न सकिन्छ, न त खुलेर केही सोध्न सकिन्छ। यस्तो अवस्थामा उसको याद र सम्झना तपाईंको दिल दिमागमा आएर तपाईंको निद अनि चैन खोसिन पनि सक्छं।
एकतर्फि प्रेममा तपाईंको दिल अनि दिमागको मिलन हुँदैन। मानौं दिल अनि दिमाग बीच लडाइँ नै हुने गर्दछ। दिल बार बार उसैको बारेमा सोच्न थाल्छ अनि दिमाग भन्दछ कि,"छोडी दे, ऊ तँलाई प्रेम गर्दैन।" कहिलेकाहीँ यस्तो पनि हुन्छ कि,आफूले प्रेम गरेको मान्छेलाई भेट्न अनि गफ गर्न मन लाग्छ तर जब उसँग भेट हुन्छ तब उसँग गफ गर्नु त के नजर जुधाउने सम्म पनि हिम्मत हुँदैन। कुनैकुनै केसमा भने,उनीहरू बताउनै चाहँदैनन् कि उ उसलाई प्रेम गर्छ भनेर । उनिहरुलाई यो डर हुने गर्छ कि,यदि आफ्नो एकतर्फि प्रेमको बारेमा बताउँदा उ आफुसंग कुरा गर्न छोड्छ होला अनि एकआपसमा भएको मित्रता पनि सक्छ होला।
कहिलेकाहीँ प्रेम गर्ने व्यक्ति सीधा गएर आफ्नो प्रेमभाव दर्शाउने गर्दछन्। त्यस्तो अवस्थामा पनि धेरैजसो अर्को तर्फबाट कुनै जबाफ नआउने सम्भावना बढी हुन्छ। अनि कहिलेकाहीँ प्रेम अस्विकारको पनि सामना गर्नुपर्ने हुन्छ।जब अर्को तर्फबाट कुनै जबाफ मिल्दैन तब आशा अनि बेचैनी झनै बढ्दछ। अनि जसले प्रेम अस्वीकारको सामना गर्नुपर्छ त्यो पीडा त मात्र भोग्नेलाई महसुस गर्न सक्छन्।
यसैले यसबाट यो निष्कर्ष निस्किन्छ कि,आफ्नो एकतर्फि प्रेमभाव दर्शाउने पहिले कुनै जल्दबाजी नगर्नुहोस्। पहिले उसलाई बुझ्ने कोसिस गर्नुहोस् अनि बिस्तारै आफूलाई बुझाउँदै जानुहोस्। एकतर्फि प्रेमलाई दुई तर्फी बनाउने कोशिस गर्नुभन्दा अगाडि यो जरूर बुझ्ने कोशिस गर्नुहोस् की उ अरु कसैसँग प्रेम सम्बन्ध मा त छैन। यदि त्यस्तो छ भने ऊ संग प्रेम सम्बन्ध बनाउने बिचार त्यागेको नै असल हुनेगर्छ। यस्तो अवस्थामा तपाईंले लाख कोशिस गरेपनि तपाईंको प्रेम सफल हुँदैन। धन्यवाद हजुरहरुलाई🙏🙏🙏
THANKS FOR YOUR PRECIOUS TIME
Kalamudinmansuri.blogspot.com
Absolutely awesome ❤❤❤
ReplyDeleteTqs alot
DeleteActually w r u ur profile is not showing
Dami bro keep it up
DeleteTqs alot
DeleteWooho
ReplyDeleteDamii xa 😊
ReplyDelete